२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

फ्यूचर लाइटमा कोरियन भाषाको पाठ्यक्रम

बिहिवार , पौष १२, २०८०

भैरहवा, १२ पुस । 
फ्यूचर लाइट इङलिस हाई स्कूल मायादेवी–८, रुपन्देहीमा कोरियन पाठ्यक्रम पढाइने भएको छ । नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार आगामी शैक्षिक सत्र २०८१ देखि विद्यालयमै कक्षा ९ देखि कोरियन भाषासहितको पाठ्यक्रम सुरु गरिने विद्यालयले जनाएको छ । 

बुधबार बिद्यालयमा आयोजित एक कार्यक्रममा दक्षिण कोरियाको दूतावासले विद्यालयलाई पाठ्यक्रममा आधारित कक्षा ९ को पुस्तकहरु हस्तान्तरण गरेको छ । 

नेपालमै पहिलोपटक पाईलट प्रोजेक्टको रुपमा रुपन्देहीको फ्यूचर लाइट हाई स्कूलबाट विद्यालयस्तरमै कोरियन पाठ्यक्रम सुरु गरिएको हो । विद्यालयका प्रिन्सिपल गम्भिर गुरुङले कक्षा १२ सम्मको अध्यापन क्रमशः आफ्नै विद्यालयबाट गराइने जानकारी दिए । यसले विद्यार्थीहरुलाई भविष्यमा कोरिया अध्ययनको लागि जान अतिरिक्त भाषाको कक्षाहरु लिनुपर्ने झण्झट हट्ने उनले बताए । ‘हामीसँगै यसको अध्यापन गराउने दक्ष जनशक्ति छ, कोरिया सरकारसँगको सहकार्यमा शिक्षकहरु उत्पादन गरेका छौं , यस क्षेत्रमा अन्य विद्यालयले कोरियन भाषाको पाठ्यक्रम सुरु गर्न खोजे उनीहरुलाई पनि शिक्षक उपलब्ध गराउन सक्छौं, उनले भने’

गुरुङले २०८१ वैशाखदेखि आफ्नै विद्यालयका ३८ जना विद्यार्थीहरुबाट कोरियन भाषाको पाठ्यक्रम सुरु गर्ने बताए । त्यसको लागि आवश्यक पर्ने पुस्तकहरु दक्षिण कोरिया दूतावासले उपलब्ध गराएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासकी काउन्सिलर किम युन्मी सुङले पुस्तक हस्तान्तरण गरेकी हुन् ।