२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

भलाई कोषद्वारा दुईवटा यातायात समितिसँग सम्झौता

बिहिवार , पौष १२, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • बुटवल, १२ पुस ।
    पश्चिम क्षेत्रका दुईवटा यातायात व्यवसायी संस्था यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलमा दर्ता भई सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

    जाजरकोट–डोल्पा यातायात प्रा.लि. र नेपाल पुर्व–पश्चिम यातायात प्रा.लि. बाँकेले कोषमा दर्ता भएर यातायात व्यवसाय सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेले जानकारी दिए ।

    बुटवलमा आयोजित एक कार्यक्रमका बीच जाजरकोट–डोल्पा यातायात प्रा.लि.का तर्फबाट अध्यक्ष नवराज सिंह तथा नेपाल पुर्व–पश्चिम यातायात प्रा.लि.का तर्फबाट अध्यक्ष धनबहादुर पुन, महासचिव विजय थापा र कोषाध्यक्ष नेपबहादुर खड्का तथा भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    कार्यक्रममा कोषका पदाधिकारी तथा सञ्चालक समितिका सदस्यहरु सहभागी थिए ।