२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

माओवादी केन्द्रप्रति जनताको विश्वास बढ्यो : गणेशमान पुन

बिहिवार , पौष १२, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १२ पुस ।
    नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य गणेशमान पुनले पार्टीको तीनमहिने अभियानले माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको बताएका छन् । उनले जनताको विश्वास जित्न अझ राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए ।

    जनतासँग माओवादी विशेष रुपान्तरण अभियान एवं वडास्तरीय भेलालाई रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् । नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर वडा नम्बर ३ कमिटी, रुपन्देहीले आयोजना गरेको भेलामा उनले भने, ‘जनजनमा माओवादी र घरघरमा माओवादी विशेष रुपान्तरण अभियानले जनताको विभिन्न समस्याहरुको उठान गरेको छ ।’

    अभियानले समस्या समाधानमा सघाउने उनको भनाइ छ । पूर्वमन्त्री समेत रहेका नेता पुनले जनताको स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा पहुँच हुनुपर्ने बताए ।

    मन कुमारी कुँवर क्षेत्रीको अध्यक्षता, गणेशमान पुनको प्रमुख आतिथ्यता, सिद्धार्थनगर कमिटी कार्यवाहक अध्यक्ष मेराज खान, पूर्व जिल्ला सल्लाहकार सतिशचन्द्र उपाध्याय, क्षेत्रीय सदस्य अनिल कुमार ज्ञवाली, नगर सचिव केशव कुवंर, सहसचिव दिलिप प्रजापति, कोषाध्यक्ष डम्बर खत्री, नगर कमिटी सदस्य प्रेम बि.सी., श्याम कुंवर, तारा देवी बराल लगायतको आतिथ्यतामा कार्यृक्रम सम्पन्न भएको थियो ।