२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

तमु ल्होसारको अवसरमा भैरहवामा सरसफाई

बुधवार , पौष ११, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ११ पुस ।
    तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगर, भैरहवाले सरसफाई कार्यक्रम गरेको छ । तमु ल्होसारको अवसर पारेर त्यसको पूर्व संध्यामा भैरहवास्थित देवकोटाचोकमा बुधबार बिहान सरसफाई कार्यक्रम गरिएको अध्यक्ष मोहन सिंह गुरुङले बताए । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको मुख्य चोक देवकोटाचोकमा सरसफाई गरिएको गुरुङले बताए ।

    उनले भने, ‘पर्यटकीय हिसाबले यो स्थान महत्वपूर्ण छ । यसलाई राम्रो, सफा र हराभरा बनाउनुपर्छ । ’ यस वर्ष पनि भव्य रुपमा ल्होसार पर्व मनाइने उनले बताए ।

    hk.jpg

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङ, तमु ह्यूल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद् शान्तिनगर इकाई सिद्धार्थनगरका सदस्यहरुलगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक माया गुरुङले बताइन् ।

    n,.jpg

    गुरुङ समुदायको नयाँ वर्ष हो, तमु ल्होसार । ‘ल्हो’ ले वर्ग अथवा वर्ष र ‘सार/छार’ले नयाँ भन्ने बुझाउँछ। तमु ल्होसारको विशेष सांस्कृतिक महत्व छ। यसले गुरुङको इतिहास, पहिचान, संस्कृति बोकेको छ।