२०८३, कार्तिक ३ गते

Oct 19 2026 | २०८३, कार्तिक ३ गते

भूकम्पपीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग

बुधवार , पौष ११, २०८०

  • 778
    Shares
  • 778
    Shares
  • काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भूकम्पपीडितलाई सहयोगका लागि सात लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको छ।

    बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

    जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगका लागि नेविसंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको हो।