२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकाे मृत्यु

सोमवार , पौष ९, २०८०

  • 649
    Shares
  • 649
    Shares
  • काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाकाे मृत्यु भएको छ ।

    सोमबार बिहान ८ बजे सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित विपी राजमार्गमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प  ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैको मृत्यु भएको सिन्धुलीका डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए।

    मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका-२ का २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि सवार खोटाङ दिक्तेल नगरपालिका-१० कि १८ वर्षीया मुनाकला राईको मृत्यु भएको डिएसपी दाहालले जानकारी दिए।