२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

रास्वपा सरकारमा सहभागी हुने रेसमा छैन : रवि लामिछाने

सोमवार , पौष ९, २०८०

  • 574
    Shares
  • 574
    Shares
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् । सोमवार चितवनमा पत्रकारहरुसंग कुरा गर्दै रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए ।

    उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।

    आफूमाथि आक्रमणको प्रयास हुँदा पनि गृह प्रशासनले एकपटक पनि नसोधेको गुनासो गर्दै उनले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए ।