२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

काशीमा निबन्ध र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

आइतवार , पौष ८, २०८०

भैरहवा, ८ पुस ।
नेपाल बाल साहित्य समाज केन्द्रिय समितिको आयोजनामा वातावरण प्रदुषण र प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन विषयमा आइतबार निबन्ध र वक्तृत्वकला प्रतियोगिता काशी नोबल एकेडेमी सिद्धार्थनगरमा सम्पन्न भएको छ । 

निबन्ध लेखनमा कक्षा ९ का करुणा शर्मा प्रथम, स्मारिका गौतम द्वितीय र निमित बम्सल तृतीय भएका छन् । त्यसै गरी वक्तृत्वकलातर्फ कक्षा ८ का आर्यन भण्डारी प्रथम, दृष्टि पौडेल द्वितीय र कक्षा ९ का चाइिनी झा तृतीय भएका छन । 

एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको प्रतियोगितामा सिद्धार्थनगरका शिक्षा शाखाका कृष्ण पोखरेलले विद्यार्थीको प्रतिभा प्रस्फुटनको कार्य भएकोमा खुशी व्यक्त गरे । एकेडेमीका सहायक प्राचार्य श्री रायमाझीको सञ्चालनमा भएको प्रतियोगिताको निर्णयकमा प्रा.डा.कपिल लामिछाने र तेज प्रसाद पन्थ रहेका थिए ।