आइतवार , पौष ८, २०८०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कार सम्बन्धि मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्।
काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा आज सरकारी वकिलका तर्फबाट सुविर परियार र सिताराम अर्यालले बहस गरेका थिए।
त्यस्तै पीडितको पक्षबाट अर्का अधिवक्ता आत्म आचार्यले पनि बहस गरेकी थिइन्।
मुद्दा माथिको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij