२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

लुम्बिनीमा मन्त्रीपरिषद् विस्तारको तयारी, दुई मन्त्री थपिदै

आइतवार , पौष ८, २०८०

  • 943
    Shares
  • 943
    Shares
  • बुटवल, ८ मंसिर ।

    लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले दुईजना मन्त्री थपेर मन्त्री परिषद् विस्तार गरेका हुन् ।

    मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसबाट सरोज थापा भनिने रोज राण र नेकपा (माओवादी केन्द्र) बाट कृष्णा केसी नमुनालाई मन्त्री बनाएका हुन् । 

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीमा मन्त्रीपरिषद विस्तार गरिएको बताए । उनले दुवैजना मन्त्रीको आज १० बजे सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए । 

    कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेका हो । 

    थापालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ भने केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको हो ।