२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

तिलोत्तमा चेम्बरद्वारा आयोजित रक्तदानमा ४१ युनिट रगत संकलन

शुक्रवार , पौष ६, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • तिलोत्तमा, ६ पुस ।
    तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्नो १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    संघको कार्यालय मणिग्राममा आयोजित रक्तदान कार्यक्रममा व्यवसायीहरुले उत्साहजनक सहभागीता जनाएको संघका अध्यक्ष बाबुलाल भुसालले जानकारी दिए । कार्यक्रमको उदघाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले मानवीय जीवनका लागि रगत अत्यन्तै महत्वपूर्ण भएकाले यस्ता कार्यक्रमतर्फ संघ सधै अग्रसर हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुको हकहित र उनीहरुका मुद्दालाई बोकेर संघको नेतृत्व अगाडि बढेमा संस्था मजबुत हुने बताए । उनले व्यवसायीहरुका लागि व्यवसायिक सीपका साथै नेतृत्व र क्षमता विकासका कार्ययोजनाहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

    चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव एवं संघका संस्थापक अध्यक्ष झविन्द्र प्रसाद कंडेलले सही कार्ययोजना र नेतृत्वले मात्र संस्थाको सबलीकरण र विकासमा टेवा पुग्ने बताए ।

    कार्यक्रममा संघका उपाध्यक्ष नेत्रप्रसाद न्यौपाने, महासचिव विष्णु बराल क्षेत्रीले पनि आ–आफ्नो धारणा राखेका थिए । रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए । तिलोत्तमा चेम्बर अफ कमर्शको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन यही पुस १४ गते हुँदैछ ।