शुक्रवार , पौष ६, २०८०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज ९डीआई० नराख्न निर्देशन दिएको छ । केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।
डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij