२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्छ : सभामुख घिमिरे

शुक्रवार , पौष ६, २०८०

  • 472
    Shares
  • 472
    Shares
  • प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्ने बताएका छन् । 

    शुक्रबार काठमाडौंमा आयोजित नेपालमा वैदेशिक सहायताको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताको पहुँचमा राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्ने बताएका हुन् । उनले विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि छिटो खर्च गर्ने परिपाटीले कुनै पनि काम प्रभावकारी नहुन नसक्ने जिकिर गरे ।

    विदेशी सहायता सहयोग सरकारमार्फत संसदमा पेश गर्ने र जनप्रतिनिधि संस्था संसदबाट त्यसको प्रयोगको छलफल गर्दै कार्यान्वयनमा लैजानुपर्ने उनले बताए ।

    उनले वैदेशिक सहायता परिचालनको अनुगमन र निगरानी पनि संसदले गर्नुपर्ने धारणा राखे । उनले बिमानस्थल निर्माणमा ध्यान दिए पनि सहज रुपमा प्रयोगमा ध्यान दिन नसकिएको बताए ।

    विदेशी सहायताको जानकारी जनतालाई जानकारी गराए पारदर्शी हुने समेत उनले बताए ।