२०८२, चैत्र ७ गते

Mar 21 2026 | २०८२, चैत्र ७ गते

नेपाल नालन्दामा निबन्धलेखन तथा वक्तृत्वकला प्रतियोगिता

बिहिवार , पौष ५, २०८०

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, ५ पुस ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयमा निबन्धलेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    नेपाल बाल साहित्य समाजले बिहीबार विद्यालयमा आयोजना गरेको कार्यक्रममा ‘प्लाष्टिकको प्रयोगले पार्ने असर’ शिर्षकमा विद्यार्थीहरुले आफ्नो प्रस्तुती देखाएका थिए । विद्यार्थीहरुले प्लाष्टिकको प्रयोगबाट पर्ने सबल र दुर्वल पक्षका बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।

    निबन्धलेखन प्रतियोगितामा सहभागी १० जना विद्यार्थीमध्ये कक्षा ९ की विनम पौडेल प्रथम, कक्षा ८ की कृतिका भण्डारी द्वितीय र कक्षा ९ की रिया खातुन तृतीय हुन सफल भए  । 

    त्यस्तै, वक्तृत्वकला प्रतियोगितामा सहभागी १० जना विद्यार्थीले आफ्नो प्रस्तुती दिएका थिए । जसमध्ये कक्षा ९ की प्रतिका बेल्बासे प्रथम, कक्षा ९ का अविनास अधिकारी द्वितीय र कक्षा ७ की अनुष्का पन्थी तृतीय स्थान हासिल गर्न सफल भएको विद्यालयका प्राचार्य युवराज पोख्रेलले बताए । 

    WhatsApp Image 2023-12-21 at 4.49.27 PM.jpeg

    विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डेको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारीको प्रमुख आतिथ्यता, प्रा. डा. कपिलदेव लामिछानेको विशिष्ट आतिथ्यता तथा वडा सदस्यहरु बसन्त भट्टराई, बसुन्धरा पोख्रेल, सविता हरिजन, वडा सचिव अब्दुल रसिद पठान लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० की छात्र ममता भट्टराईले गरेकी थिइन् ।