२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देहीका किशोर गौतम व्यवस्थापन संकायबाट एमफिलमा सर्वोत्कृष्ट

मंगलवार , पौष ३, २०८०

भैरहवा, ३ पुस । 
रुपन्देहीको गैडहवा गाउँपालिकाका–८ स्थित हसनापुरका किशोर कुमार गौतम व्यवस्थापन संकायबाट एमफिलमा सर्वोत्कृष्ट अंकसहित त्रिभुवन विश्वविद्यालय (त्रिवि) कै सर्वोत्कृष्ट बन्न सफल भएका छन् । ४ जीपीएसहित विशिष्ट श्रेणीमा व्यवस्थापन संकाय अन्तर्गत एफ.फिल. तहमा सर्वोकृष्ट अंक प्राप्त गर्न उनी सफल भएका हुन् ।

३५ वर्षिय गौतले निम्न माध्यमिक तहको अध्ययन गैडहवा गाउँपालिकाको हसनापुर निमावि, मावि तहको गैडहवाकै सूर्यपुरा मावि तथा प्रविणता पत्र तथा स्नातक तहको अध्ययन भैरहवा बहुमुखी क्याम्पसबाट गरेका थिए।

त्रिभुवन विश्वविद्यालय किर्तीपुरबाट स्नातकोत्तर उत्र्तीण गरेका गौतम सोही विश्वविद्यालयबाटै एफफिल तहको अध्ययन पनि पूरा गरेका छन् । 

received_3561645350765014.jpeg

हाल उनी त्रिभुवन विश्वविद्यालय किर्तीपुर र ग्लोबल इन्टरनेशनल कलेज बानेश्वर काठमाडौंमा कार्यरत छन् ।
हाल त्रिविमा पीएचडी गरिरहेका गौतमले देशमै केही गर्ने सोच बनाएको बताए । उनको लक्ष्य छ–पीएचडीपछि त्रिवि सेवा आयोग भिड्ने । प्राध्यापक बनेर नेपालको शिक्षा क्षेत्रमा योगदान दिने ।

सोमबार त्रिविको ४९ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गौतमलाई गोल्डमेडलले सम्मान गरेका हुन् । उनले ‘त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक’ प्राप्त गरेका छन् ।

किशोर कुमार गौतम पिता गणेशकुमार गौतम र माता शान्तादेवी गौतमका जेष्ठ सपुत्र हुन् ।