images

बिहिवार, बैशाख २० गते २०८१

मायादेवी–८ मा कौशी खेती सम्बन्धी तालिम

मायादेवी–८ मा कौशी खेती सम्बन्धी तालिम

images
images
images
शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • मायादेवी–८ मा कौशी खेती सम्बन्धी तालिम

    भैरहवा, २३ मंसिर । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित बसडिलवा टोल विकास संस्थाले कौशी खेती सम्बन्धी तालिम दिएको छ । संस्थाले तिलोत्तमा अर्गानिक फर्म एण्ड रिसर्च सेन्टरको सहयोगमा प्रांगारिक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत शनिबार कौशीखेती सम्बन्धी एकदिने तालिम प्रदान गरेको हो ।

    images
    images
    images

    तालिममा कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रशिक्षक जीवन ज्ञवाली, तिलोत्तमा अर्गानिक फर्म एण्ड रिसर्च सेन्टरका सञ्चालक अमृत नारायण श्रेष्ठ, प्रशिक्षक रामनारायण चौधरी र नरेश्वर बस्यालले प्रशिक्षण दिएका थिए ।

    तालिममा कौशी खेती गर्ने तरिका, यसका फाइदा र चुनौतीबारे प्रशिक्षण दिइएको टोल विकास संस्थाका अध्यक्ष कुल प्रसाद काफ्लेले जानकारी दिए ।

    तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाले कौशी खेती गरेमा आफैले उत्पादन गरेको अर्गानिक तरकारी खान पाइने बताए । उनले तालिमलाई फलदायी बनाउन सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । आगामी दिनमा पनि यस्ता तालिमहरु आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।


    तालिममा सहभागी तारा प्रसाद जैसी, प्रशान्त कुवँर, सन्तोष काफ्ले लगायतले धेरै कुरा सिक्न पाइएको र तालिम प्रभावकारी भएको बताए । तालिममा एक सय जना बढीको सहभागीता रहेको थियो ।

    दगक.jpg
     

    तालिममा सहभागीहरुलाई तिलोत्तमा अर्गानिक फर्म एण्ड रिसर्च सेन्टरले निःशुल्क रुपमा एक–एक ब्याग प्रांगारिक मल वितरण गरेको थियो ।

    बसडिलवा टोल विकास संस्थाका अध्यक्ष कुल प्रसाद काफ्लेको अध्यक्षता, मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडाअध्यक्ष चोक बहादुर थापाको प्रमुख आतिथ्यता, कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रशिक्षक जीवन ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कुल बहादुर मल्लले गरेका थिए ।

    तालिम मायादेवी–८ स्थित श्री जनचेतना नमूना माध्यमिक विद्यालयको सभाहलमा भएको हो ।

     
     
     
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij