images

बिहिवार, बैशाख २० गते २०८१

फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

images
images
images
मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • फलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह

    रुपन्देही, १९ मंसिर ।
    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको तर यसलाई सुशासनमा आधारित सेवामुखी र पारदर्शी बनाउनुपर्ने बताए । उनले बजारमा प्रवर्दनात्मक कार्य र कारवाहीमूलक कार्यलाई प्रभावकारी बनाउन नसकिएको, खाद्य स्वच्छतामा धेरै काम गर्न बाँकी रहेको, आयात बढेको र उपभोगको मात्रा पनि बढेकाले त्यसलाई बजार सुशासनको दायरामा पूर्ण रुपमा ल्याउन नसकिएको जनाए ।

    images
    images
    images

    ‘अब हामीले यो विषयमा सरोकारवालासँग गम्भीरताका साथ छलफल गर्दै सबै सरोकारवाला कार्यालयहरु, उपभोक्ता हित संरक्षण मन्च र व्यवसायीहरुसँग मिलेर संयुक्त बजार अनुगमनमा जानुपर्छ’ उनले भने ।

    होटल एशोसिएशन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले होटल तथा रेष्टुरेण्टहरुको गुणस्तरको सुधारमा निकै राम्रो भएको, अहिले हरियो, पहेलो स्टिकरको प्रयोगले होटलहरु सजग भएको बताए । उनले स्वस्थ्यवर्धक पौष्टिक आहार उपलब्ध गराउन सके जनस्वास्थ्यमा सुधार ल्याउन सकिने प्रतिष्पर्धी बजारमा होटलहरु सजग हुन थालेको जनाए ।

    वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाइले अबका कार्यक्रमहरुमा विशिष्टीकरण ल्याउँदै यसपटक फलफूल तरकारीको विषयलाई प्रमुख ठाने पनि अर्को कार्यक्रममा होटल तथा रेष्टुरेण्टको विषयमा छलफल चलाउनुपर्ने बर्ता । उनले छलफलबाट छलफलसम्म मात्र नभइ छलफलबाट कारवाही तहसम्म जानुपर्ने, बजार अनुगमन तीव्र बनाउनुपर्ने र त्यसको लागि सरकोकारवालाहरुसँगको सहकार्य आवश्यक रहेको बताए ।

    उनले विषादी चेकजाँच आयायित फलफूलको मात्र नभइ त्यहीकै उत्पादनमा पनि गर्नुपर्छ भनेर अदालतले परमादेश गरेको विषयमा सबै सचेत हुनुपर्ने जानकारी गराए । ‘अहिले विषादी जाँच हुन थालेको छ । सबैतिर सबै बिग्रेको नभनौ र धेरै सुधार पनि भएको छ । तर पकाउँदा नजानेर, घाममा राखेर, भण्डारण गर्न नजानेर पनि गुणस्तर घट्छ । सबै मिलेर संयुक्त बजार अनुगमन चलाऔं । सबै मिलेर सचेतना जगाउँदै जाऊँ । जति काम गर्याे त्यति घट्दै जान्छ । जति चुप लाग्यो त्यति बढ्दै जान्छ । त्यसैले सहकार्यका साथ अघि बढ्न हाम्रो कार्यालय तयार छ’ उनले भने । फलफूल तथा तरकारी महासंघका अध्यक्ष बाबुराम भुसालले आयात सहज भए पनि निर्यात गर्न झन्झटिलो भएको, बजारमा फलफूलको आयात भारतबाट ज्यादा रहेको र क्वारेन्टाइनमा राम्रो चेकजाँच नभएको जनाए । 

    ‘हामीले नेपालकै गुणस्तरीय फलफूल तथा तरकारी विक्री गर्न पाए आयात प्रतिस्थापनमा सहयोग पुगेर मुलुकको समृद्धिमा योगदान पुर्याउँथ्यो ।  बजारमा विषादी प्रयोग गरेका फलफूलहरु छन् । तिनलाई केहीछिन पानीमा राखेर, ताछेर टुक्राटुक्रा बनाएर खाएमा विषादीको प्रभाव घट्छ । हामीले पुर्ख्यौली प्रचलनबाट पनि पकाउन सक्छौं ।’

    उनले भने, ‘अहिले टमाटर, स्याउ, काठको भुसको प्रयोगबाट पकाउन थालिएको छ । यो विधिबाट पकाउँदा स्वास्थ्यलाई त्यति हानी हुँदैन । क्याल्सियम कार्वाइड प्रयोग गरेको फलफूलहरु उपभोग गर्दा स्वास्थ्यमा पर्ने हुँदा त्यसको प्रयोग रोक्न किसानसम्म पुग्नुपर्छ । पकाउने अन्य वैकल्पिक उपायहरु खोजौं । इथिलिनको प्रयोगबाट फलफूल पकाउँदा स्वास्थ्यमा असर गर्दैन ।’‘जहाँसम्म केही कमीकमजोरीका बाबजुद बजारमा सुधार आएको छ । अब हामीले आलीदेखि थालीसम्म गोठदेखि ओँठसम्मको सबै प्रक्रियामा सुधार ल्याउनुपर्छ ।’

    कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत हेमन्त गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए भने उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य ऋषि आजाद, फलफूल तथा तरकारी व्यवसायी महासंघका सचिव मेघनाथ पौडेल र सदस्य कमल आचार्यले भनाइ राखेका थिए भने दीपककुमार यादवले कार्यक्रमको समन्वय गरेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij