
सोमवार , मंसिर ११, २०८०
भैरहवा, ११ मंसिर ।
लियो क्लब अफ भलवारी सिटीले आफ्नो चौथो स्थापना दिवस मनाएको छ । आइतबार तिलोत्तमा–९ मा एक कार्यक्रमकाबीच क्लबले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविन जोशीले स्थापनाकालका सम्पूर्ण सदस्यहरुलाई र क्लबका वर्तमान कार्यसमिति सदस्यका अभिभावकलाई सम्मान समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले क्लबले गरेको कार्यको प्रशंसा गर् ि। उनले भनिन् यस्तो संस्था चलाएर राम्रो राम्रो कार्य गरेर देश र समाजको लागि केही गर्छु भन्ने यस क्लबका सदस्यहरुप्रति गर्वको अनुभति भएको छ । समाज परिवर्तनका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले लियो क्लब अफ भलवारी सिटीले गरेको कार्य उत्कृष्ट रहेको बताए । उनले सफलता प्राप्त गर्नका लागि आफूले गरेको कार्यलाई निरन्तरता दिनुपर्ने र पछाडी हट्न नहुने बताए ।
कार्यकममा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देवीलाल पंगेनी, लियो जिल्ला परिषद् ३२५ बी २ नेपाल का पूर्व जिल्ला सचिव तथा सल्लाहकार अब्दुल साजित, माउन्ट एभरेष्ट कत्था मिलका सञ्चालक वसन्त रोक्का क्षेत्री, लियो क्लब अफ भलवारी सिटीका संस्थापक अध्यक्ष रविन जोशी, तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जी.यम., लायन्स क्लब अफ भलवारी सिटीका संस्थापक अध्यक्ष श्रवण कुमार खाम्चा लगायतले बोलेका थिए ।
नितेश जयसवालको अध्यक्षता, संजोक ज्ञवालीको स्वागत तथा गोविन्द पाण्डे र कृपा पन्थको सञ्चालनमा भएको कार्यक्रममा लायन्सका अगुवाहरु अर्चित श्रेष्ठ, शार्दुल मयूर कसौधन, आकाश पौडेल, पूजन बस्याल, दुर्गा गुरुङ, समाजसेवी, लियो क्लबका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij