२०८२, भाद्र ३१ गते

Sep 16 2025 | २०८२, भाद्र ३१ गते

युवा संघ र अखिलले ७ मंसिरको कार्यक्रम तीनकुनेमा गर्ने

सोमवार , मंसिर ४, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ४ मंसिर । 
    माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन् । नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा/सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको कार्यक्रम तीनकुनेमा गरिने उनले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।

    एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

    प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ ।