images
images

बिहिवार, जेठ १० गते २०८१

आर्थिक मेरुदण्ड बन्न सक्छ पर्यटन

आर्थिक मेरुदण्ड बन्न सक्छ पर्यटन

images
images
images
आइतवार, मंसिर ३ २०८०
आइतवार, मंसिर ३ २०८०
  • आर्थिक मेरुदण्ड बन्न सक्छ पर्यटन

    विश्वका अधिकांश मुलुकले पर्यटनलाई देशको आर्थिक उन्नतिको रुपमा हेर्ने गरेका छन् । पर्यटन देशको मेरुदण्ड हो । कुनै पनि देशको आर्थिक विकासका लागि पर्यटनले ठुलो महत्व राख्दछ । विश्वका अनगिन्ती मुलुकहरुको आर्थिक स्रोतको मुख्य आधार पर्यटनमा केन्द्रित छ । विश्वमा पर्यटन एउटा उद्योगको रुपमा अघि बढिरहेको छ । एकातर्फ पर्यटनले मानिसहरुको रोजगारीको सृजना गरि व्यक्तिको क्रय शक्ति वृद्धि गरी उनीहरुको जीवनस्तरमा सुधार पु¥याउँछ भने अर्कोतर्फ विभिन्न देशहरूमा उत्पादन भएका सामग्रीहरुको निर्यातबाट देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ ।

    images
    images
    images

    पर्यटन भन्नाले महत्वपूर्ण प्राकृतिक तथा साँस्कृतिक ठाउँहरूको भ्रमण गरी त्यहाँका विविध पक्षहरूको अध्ययन अनुसन्धानगर्नु, त्यसबाट प्राप्त विभिन्न ज्ञान तथा मनोरञ्जन हासिल गर्नु पनि हो ।

    संसारमा सबै बिबिधताहरु प्राय एकै ठाउँमा प्राप्त गर्न त्यति सम्भव हुँदैन तर नेपाल एउटा यस्तो देश हो जहाँ प्रकृतिले संसारमा पाइएका हरेक कुराहरुको विविधता प्रदान गरेको छ । जहाँ १७ प्रतिशत तराई, १५ प्रतिशत हिमाल र ६८ प्रतिशत पहाड छ ।

    यो सानो मुलुकमा १२५ जातजाति बसोबास गर्दछन् भने १२३ किसिमका भाषा बोल्ने गरिन्छ । संसारमा पाइने २ लाख ४८ हजार ४२८ प्रजातिका वनस्पतिमा ७ हजार प्रजातिका वनस्पतिहरू यही सानो मुलुकमा पाइन्छ भने संसारमा पाइने ४ हजार स्तनधारी जीवजन्तुमध्ये नेपालमा १७५ प्रजातिका स्तनधारी प्राणीहरू पाइन्छन् ।

    नेपालमा रहेका विभिन्न राष्ट्रिय निकुञ्जहरूमध्ये चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा रहेका छन् । त्यस्तै विभिन्न धार्मिक स्थल एवं साँस्कृतिक सम्पदाहरूमध्ये राष्ट्रदेव पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, लुम्बिनी, स्वयम्भू, बौद्ध, काठमाडौं, भक्तपुर र ललितपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा पर्दछन् । संसारभरमा रहेको १४ वटाटा १८ हजार मिटरभन्दा अग्ला हिमालहरूमध्ये ८ ओटा हिमाल नेपालमै छन् ।

    नेपालमा पाइने प्राकृतिक, साँस्कृतिक, भौगोलिक, जैविक तथा अन्य विभिन्न विविधताहरूले संसारका मानिसलाई सजिलै आकर्षित गर्न सक्छ । यसकारण पनि नेपालमा पर्यटन व्यवसायको विकासमा जोड दिने हो भने नेपाल आत्मनिर्भर हुनसक्छ । यहाको भौगोलिक बनावट, हिउँले ढाकिएका अग्ला हिमश्रृंखलाहरू, आकर्षक झरनाहरू, पाखापखेरा, ठुला टाकुरा, हरिया जंगल झाडी, नागबेली नदीनालाहरू, साँस्कृतिक विविधता, जातजाति, भेषभुषा, कला संस्कृति, संसारको सबैभन्दा होचो स्थान कालिगण्डकी नदीमा रहेको अन्ध गल्छी र संसारको सबैभन्दा सगरमाथा हिमाल, संसारको सबैभन्दा अग्लो पास थ्रोइ पास र संसारमा शान्तिको ज्योति छर्ने शान्तिको अग्रदूत महामानव गौतमबुद्धले पनि संसारका धेरै मानिसहरुको ध्यानाकर्षण गर्न सक्ने प्रचुर सम्भावना छ ।

    नेपालमा नेपालमा पर्यटन विकासको इतिहास त्यति लामो भने छैन । विगतमा, अंग्रेजले शासन गरिरहँदा नेपालमा आउने पर्यकको ढोका बन्द जस्तै थियो भने उक्त समयमा पर्यटनलाई देशको विकासको मुख्य आर्थिक श्रोतको रुपमा विकास गर्ने सोचको विकास पनि भइसकेको थिएन । गोर्खालीले विश्वयुद्धको लडाईमा  देखाइएको अद्भुत सहस र यसबाट प्राप्त वीरताको गाथा र बिश्वकै उच्च हिमाल सगरमाथाको पहिचानले भने नेपालबारे प्रचार भएको थियो । जब सन १९५० मा नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रसम्मको लागि बाटो खुला गरियो । त्यसपछि विदेशीहरुको नेपाल आउने इच्छामा वृद्धि हुँदै गयो ।

    नेपालमा विदेशी पर्यटकहरूको आवागमन सुरुवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम वि.सं २०१६ मा नेपाल पर्यटन बोर्डको स्थापना गरिएको थियो ।

    वि.सं. २०१८ मा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो । सन १९७२ को पर्यटन गुरुयोजना र प्रहासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रवद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रूपमा वि.सं. २०३४ मा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो । वि.सं. २०३९ मा निर्माण तथा यातायात मन्त्रालयअन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो । मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न वि.सं. २०५५ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका दुईवटा विभागहरू हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो ।

    वि.सं. २०५८ देखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रूपमा नामाकरण गरियो । पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षालगायत कार्यहरु गर्न नेपाल सरकारको मिति २०७१ साउन २ गतेको निर्णयानुसारमिति २०७१ भदौमहिनामा पर्यटन विभागको स्थापना भयो ।

    नेपालमा पर्यटनको प्रचुर सम्भावना भएता पनि भुकम्पबाट क्षतिग्रस्त सम्पदाको समयमै पुनःनिर्माण हुन नसक्नु, अन्तर्राष्ट्रिय क्षेत्रमा परेको नकरात्मक प्रभाव, प्राचीन सम्पदाहरुको अतिक्रमण, पर्यटकीय सूचनाको व्यवस्थापनमा कमी, सुरक्षित नियमित र भरपर्दो यातायातको व्यवस्थापन, पर्यटन क्षेत्रबाट प्राप्त लाभको न्यायोचितवितरणको अभाव, गुणस्तरीय सेवा सुविधामा कमी, पर्यटकको वसाईमा विविधता, सूचना प्रविधिको प्रयोगमा समस्या, दक्षजनशक्तिको अभाव, पर्यटन सम्बन्धि शिक्षा र चेतनाको कमी, व्यवसायिक पर्यटन सम्बन्धि ज्ञानको कमी, पर्यटन क्षेत्रको राष्ट्रिय अर्थतन्त्रमा योगदानको यकीन गर्न नसकेका कारण पनि नेपालमा पर्यटनलाई देशको आर्थिक मेरुदण्डको रुपमा विकास गर्न सकिएको छैन् ।

    नेपालमा पर्यटनलाई आर्थिक मेरुदण्डको रुपमा बिकास गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो । देशमा व्यापक बेरोजगारी छ । रोजगारीको अभावका कारण वर्षेनी लाखौं युवाहरु विदेशपलायन भइरहेका छन् । यदि नेपाललाई पर्यटनको मुख्य गन्तव्यको रुपमा विकास गर्न सकियो भने देशमा बेरोजगारीको ठूलो समस्या समाधान हुन सक्छ । यसका लागि पर्यटन सम्बन्धि ऐन, कानूनहरुमा देखिएका जटिलताहरुलाई हटाउदै जाने, सुरक्षित नियमित र भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने, नयाँ पर्यटन नीति जारी गर्ने, पर्यटको सुरक्षामा जोड दिने, कुटनीतिक नियोगहरुसँगको सम्बन्धलाई विस्तार गर्ने, पर्यटन सम्बन्धी आचारसंहिता निर्माण गरी यसको कार्यान्वयनमा जोड दिन सके पर्यटन क्षेत्रको विकास हुने छ ।

    त्यसैगरी आन्तरिकपर्यटनमा जोड दिने, पर्यटन सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माण गर्ने, होटल आवासको गुणस्तर मापदण्ड मूल्यांकन प्रणालीको विकास र विस्तार गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुको समयमै निर्माण सम्पन्न गर्ने, द्विपक्षीय हवाई सम्झौताको बिस्तार गर्दै जाने, पर्यटन मेला तथा उत्सवहरुको अन्तर्राष्ट्रियस्तरमा सहभागीता, पदयात्रा तथा पर्वतारोहणका क्रममा आइपर्ने जोखिम व्यवस्थापनको लागि संयन्त्र निर्माण, दक्ष जनशक्ति विकास, जडीबुटीको राम्ररी उपयोग, यहाँको जैविक, साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्न सकेको खण्डमा नेपालीहरूको जीवनस्तर उकास्न सकिने थियो । यसका लागि राज्यका सम्पूर्ण निकायको एक्यवद्धताको खाँचो नै अहिलेको आवश्यकता हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij