२०८३, जेठ ४ गते

May 18 2026 | २०८३, जेठ ४ गते

टीम बिल्डिङ्ग तालिम सम्पन्न

सोमवार , जेठ ४, २०८३

  • 424
    Shares
  • 424
    Shares
  • पाल्पा, ४ जेठ । पूर्णिमा महिला समूह, तिनाउ गाउँपालिका–३, बेरुवा, पाल्पाले आफ्ना सदस्यका लागि टीम बिल्डिङ्ग तालिम सोमबार सम्पन्न गरेको छ  । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र सहकारीकर्मी बेनप्रसाद थापाले समूह सञ्चालन तथा व्यवस्थापन, टीम व्यवस्थापन, सम्बन्ध स्थापना, नेतृत्व, समन्वय तथा सहकार्यका विधि, योजना तर्जुमा, कार्ययोजना र कार्यान्वयन प्रक्रिया, समूहमा समृद्धि र आर्थिक गतिविधिका विषयमा सहजीकरण गर्नुभएको थियो।

    तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ कार्यपालिका सदस्य पम्फा मगरले संस्थागत विकास, सशक्तिकरण, क्षमता अभिवृद्धि र सचेतीकरणका लागि टीम बिल्डिङ्ग तालिम प्रभावकारी रहेको बताउनुभयो । आफूले तालिमबाट प्रशस्त नयाँ कुरा सिक्न र जान्न पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले महिलाहरु पछाडि पारिनुमा महिला अग्रसरता र पहुँचको अभाव रहेको बताउनुभयो । तालिमले नयाँ कुरा सिक्न मात्र नभइ जोश, जाँगर र उमंग पनि भर्ने जानकारी दिनुभयो । 

    तालिममा सहभागीहरुमध्ये सिर्जना आले, सीता सर्वुजा, धनमाया तरामी र अस्मिता बरैले पूर्णिमा समूहको सबल पक्ष, सुधार्नुपर्ने पक्ष, अवसर र समस्या चुनौती विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    जीवनमा आफूहरुले गाउँमै बसेर फरकखाले तालिम लिइ नौलो अनुभव हासिल गरेको सुष्मा आले, सीता राना र गोमा थापाले बताउनुभयो  । उहाँहरुले समूहसँग थप जीवनोपयोगी तथा उत्प्रेरणमूलक तालिमको अपेक्षा गर्नुभया् ।  
    समूहको अध्यक्ष मीना सर्वुजाको अध्यक्षता तथा सचिव माया तरामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।