मंगलवार, मंसिर १९ गते २०८०

राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा उभिने जोसुकैलाई समर्थन : कमल थापा

राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा उभिने जोसुकैलाई समर्थन : कमल थापा

images
images

खबर पात्रो

२, मंसिर २०८०
  • 295
    SHARES
  • राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा उभिने जोसुकैलाई समर्थन : कमल थापा

    काठमाडौं, २ मंसिर । 
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दू राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गर्दै अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन ।

    ‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन् ।’ 

    images
    images

    अहिले विभिन्न दल, व्यक्ति र समूह राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् ।

    ‘राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटी भएका छन् । विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ ।’ 

    राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा नीहित स्वार्थपूर्ति गर्ने माध्यम बनाउन नहुने थापाको भनाइ छ । ‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दूराष्ट्र स्थापनाको अभियान कुनै दल व विचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भनेका छन, ‘प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होइन । सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ ।’ उनको तर्क छ, ‘राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनुपर्दछ ।’

    images
    प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - २२:२३:२५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij