२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कांग्रेस रुपन्देही–२ को सभापतिमा प्रजापाल गिरी विजयी

शनिवार , आश्विन २७, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, २७ असोज । 
    नेपाली कांंग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी विजयी भएका छन् । यो क्षेत्रमा संस्थापन पक्षबाट उम्मेदवारी दिएका युवा नेता गिरीले शेखर कोइराला समूहबाट सभापतिको उम्मेदवार बनेका परशुराम ढकाललाई फराकिलो मतान्तरले हराएका हुन् ।

    मतपरिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाए भने उनका प्रतिष्पर्धी ढकालले २४५ मत मात्र पाएका थिए । 
    पटकपटकका आन्तरिक निर्वाचनमा समेत शेखर समूहले जित्ने गरेको थियो तर अहिले त्यसको परिणाम उल्टो आएको छ ।

    तर सँगै भएको निर्वाचनमा सह–सचिव पदमा भने २९७ मतसहित शेखर समूहकी संगीता गौतम अर्याल विजयी भइन् । सह–सचिवका अर्का उम्मेदवार संस्थापन समूहका विष्णु प्रसाद चापागाईँले २८९ मत मात्र पाएका थिए ।

    स्थानीय तहको निर्वाचनअघि क्षेत्रीय सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएपछि सभापति पद रिक्त थियो ।
    त्यस्तै तत्कालीन सह–सचिव राजबहादुर क्षेत्री रास्वपा प्रवेश गरेपछि उक्त पद पनि रिक्त थियो ।
    रिक्त पदमा शनिवार निर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।