२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

‘माया रोटरी हाफ म्याराथन’ को उपाधि अनिशलाई

शनिवार , आश्विन २७, २०८०

भैरहवा, २७ असोज । 
रुपन्देहीको भैरहवामा शनिबार भएको ‘माया रोटरी हाफ म्याराथन–२०२३’ को उपाधि अनिश थापाले हात पारेका छन् । भारतीय सेनामा कार्यरत पर्वतका ३३ वर्षिय थापाले निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घण्टा ६ मिनेट ४३ सेकेण्डमा पूरा गरेका हुन् ।

‘आजै पोलियो उन्मुलन गरौं’ भन्ने मूल नाराका साथ आयोजित हाफ म्याराथनमा नेपाली सेनामा कार्यरत बैतडीका २८ वर्षिय नरेन्द्रसिंह राना दोस्रो भए । उनले निर्धारित दुरी १ घण्टा ७ मिनेट ४ सेकेण्डमा पार गरेका थिए । नेपाली सेनामा कार्यरत महेन्द्रनगरका मुकेश बहादुर पालले १ घण्टा ८ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गरेर तेस्रो स्थान हासिल गरे ।

भैरहवाको बुद्वचोकबाट बिहान सुरु भएको म्याराथनमा २ सय जना धावक सहभागी भएका थिए । म्याराथनमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै विभिन्न क्लव र व्यक्तिगत धावक सहभागी भएका थिए । 

बुद्वचोकबाट सुरु भएको दौड देवकोटा चोक, बसन्तपुर, बेलहिया बाइपास, पर्यटकीय द्वार हुँदै पुनः देवकोटा चोक, गौतमबुद्व विमानस्थल भएर लुम्बिनी गेट हुँदै विद्रोही चोकमा पुगेर समापन भएको थियो ।

IMG_1400.JPG

म्याराथनमा प्रथम भएका थापालाई रु. १ लाख, दोस्रो हुने रानालाई रु. ७५ हजार, तेस्रो भएका पाललाई रु. ५० हजार रुपैयाँ नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । साथै दुई/दुई जना महिला र पुरुषलाई सान्त्वना पुरस्कार स्वरुप रु. ५/५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पोलियो उन्मुलनको सन्देश दिन रोटरी क्लब अफ लुम्बिनी सिद्वार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब अफ भैरहवाले म्याराथन आयोजना गरेका हुन् । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ राजधानी सह–आयोजक रहेको रोटरी डिष्ट्रिक पब्लिक इमेज चेयर तथा म्याराथन संयोजक राजकुमार गुप्ताले बताए ।