२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

बसडिलवा टोल विकास समितिद्वारा सरसफाई

शनिवार , आश्विन २७, २०८०

भैरहवा, २७ असोज । 
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बसडिलवा टोल विकास समितिले सरसफाई कार्यक्रम गरेको छ । दशैं तिहार पर्वलाई लक्षित गरी बाटो सरसफाई कार्यक्रम गरिएको बसडिलवा टोल विकास समितिका अध्यक्ष कुल प्रसाद काफ्लेले जानकारी दिए ।

शनिवार बिहान बसडिलवा टोलभित्र रहेका चोक, रोड र त्यस आसपासका भित्री मार्गमा सरसफाइ गरिएको हो । बाटो छेउछाउका रुख, झार र नाला सफाई गरिएको टोल विकास समितिले जनाएको छ । सरसफाई कार्यक्रममा टोल विकास समितिका पदाधिकारीसहित स्थानीयबासीको उत्साहजनक सहभागीता रहेको थियो ।