२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

एमालेको आयोजनामा बुटवल–३ मा निःशुल्क दन्त शिविर

शनिवार , आश्विन २७, २०८०

बुटवल, २७ असोज ।
नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ३ कमिटीले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । एमालेले जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले स्वास्थ्य शिविरदेखि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको वडा कमिटी अध्यक्ष पदम रिजालले बताए। 
कार्यक्रममा बोल्दै एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले एमालेले जनतासँग जोडिने खालका कार्यक्रमहरु गरिरहने बताए। जनतासँग सरोकार राख्ने स्वास्थ्य शिविरदेखि विभिन्न खालका रचनात्मक कार्यक्रमहरु देशभर सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सावित्रा अर्याल, बुटवल उपमहानगर अध्यक्ष किसन ज्ञााली, उपाध्यक्ष शोभाखर पोखरेल, यमराज पाण्डे, मेघराज भट्टराई लगायतले बोलेका थिए । शिविरबाट १६५ सेवाग्राहीले स्वास्थ्य सेवा लिएका थिए । वडा कमिटी अध्यक्ष पदम रिजालको अध्यक्षयता तथा सचिव गणेश अधिकारीको सन्चालनमा कार्यक्रम भएको थियो ।