२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन

शुक्रवार , आश्विन २६, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • काठमाडौं, २६ असोज । 
    शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ ।
    सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो । बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन भएको हो ।

    प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने जानकारी दिए । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित भएपछि भोलिका लागि बैठक सारिएको उनले बताए ।

    कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित नेकपा एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरेका छन् कांग्रेसका कार्की नेता शेखर कोइरालानिकट हुन् ।