
शुक्रवार , आश्विन २६, २०८०
तिलोत्तमा, २६ असोज ।
रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसले आफ्नो १२ औं चार्टर नाइट उत्सव, दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र रोटा वर्ष २०२३–२४ को १९९ औं नियमित बैठक बुटवलमा सम्पन्न गरेको छ ।
क्लबका अध्यक्ष ऋषि पाण्डेको अध्यक्षता, क्लबका संस्थापक अध्यक्ष धुर्व प्रसाद कोइरालाको प्रमुख आतिथ्यता, रोटरीयन करुन खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा अन्य क्लबको पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु लगायतले रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसले रचनात्मक कार्य गर्दै आएको भन्दै प्रशंसा गरे ।
क्लबकी सदस्य रञ्जना गिरीको स्वागतमा भएको कार्यक्रममा निराजन न्यौपानेले धन्यवाद मन्तव्य राखेका थिए । क्लबका सचिव सुन्दर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij