२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

मन्त्री पाण्डेयले भने–अधिकार माग्ने मात्र नभइ कार्यान्वयन गर्ने सामर्थय पनि राख्नुपर्छ

बिहिवार , आश्विन २५, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २५ असोज ।
    लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अधिकार माग्ने मात्र नभइ कार्यान्वयन गर्ने सामर्थय पनि राख्नुपर्नेमा जोड दिएका छन् । उनले संघीयताको अनुभुति गर्न पाइनेमा विश्वस्त रहन आग्रह गरे ।

    लुम्बिनी प्रदेश योजना आयोगले लुम्बिनीमा आयोजना गरेको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर–प्रदेश अनुभव आदान–प्रदान गोष्ठीमा बिहीबार बोल्दै मन्त्री पाण्डेयले हजारौं व्यक्तिको शहादतबाट मात्र मुलुकमा संघीयता आएको बताए । 

    आफूहरुलाई मात्र चुनौती नभइ अहिलेको गठबन्धन सरकारको नेतृत्वका गरेका व्यक्तिलाई पनि संघीयता कार्यान्वयन नभए अस्तित्व के हुन्छ भन्ने चिन्ता रहेको बताए । उनले भने, ‘सराकात्मक सोचका साथ उर्जा लिएर अघि बढ्नुस्, यसै कार्यकालमा संघीयताको अनुभुति गर्न पाउनुहुनेछ भन्ने विश्वास राखेको छु ।’

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सकारात्मक सोचका साथ अघि बढे उर्जा आउने र निश्चित रुपमा परिणाम पाउन सकिने बताए ।  

    मन्त्री पाण्डेयले भने, ‘अमेरिकाले बाटो बनाएको होइन, बाटोले अमेरिका बनाइदिएको हो ।’ उनले म नेपाली हुँ र नेपालको विकास गर्नुपर्छ भन्ने बुझ्न आवश्यक रहेको बताए । उनले काम बिगार्नु र काम नगरेर भाग्ने प्रवृत्तिले नेपालको विकास हुन नसक्ने बताए । विकास निरन्तर चल्ने प्रक्रिया भएको उनको भनाइ छ ।