२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

एभरेष्टमा इआइएसटी क्लब गठन

बुधवार , आश्विन २४, २०८०

बुटवल, २४ असोज ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा एभरेष्ट इन्नोभेटर्स अफ साइन्स एण्ड टेक्नोलोजी (इआइएसटी) क्लब गठन भएको छ । विज्ञान र प्रविधिका क्षेत्रमा नवीनतम तथ्यको खोजी, प्रयोग र परीक्षण गर्ने उद्देश्यले उक्त क्लबको गठन भएको हो । 

नवगठित क्लबको अध्यक्षमा सोहन घिमिरे, उपाध्यक्षमा सुबोध गौतम, सचिवमा जेनिशा श्रेष्ठ र कोषाध्यक्षमा बिहान न्यौपाने रहेका छन् । त्यस्तै क्लबको सदस्यहरुमा दृष्टि तिवारी, इस्मी पौडेल, एन्जल खनाल, रुसिन वि.क., प्रत्युष क्षेत्री, सक्षम ढकाल र आर्यक बेलवासे रहेका छन् ।

त्यसै गरी उक्त कार्यसमितिलाई मार्गनिर्देशन गर्नका लागि सुपरीवेक्षण समिति पनि गठन भएको छ । विज्ञान शिक्षक खेम थापा संयोजक रहेको उक्त समितिमा सह–संयोजक राजीव बेलवासे र सदस्यहरु विशाल श्रेष्ठ, पोषण आचार्य, मन्दाकिनी गुप्ता, लक्की ढकाल, लव कुँवर, गोविन्द पाण्डे, निश्चल नराल र पूजन ज्ञवाली रहेका छन् ।

विद्यालयका सह–प्राचार्य भिमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नवगठित कार्यसमिति तथा सुपरीवेक्षण समितिका सदस्यहरुलाई टीका तथा खादा अर्पण गर्दै प्राचार्य कृष्ण न्यौपानेले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै विज्ञान र प्रविधिका क्षेत्रमा यस क्लवको विशिष्ट योगदान रहनुपर्नेमा जोड दिए । 

कार्यक्रममा उपप्राचार्य उमेश रेग्मी, नि.मा.वि. तह संयोजक सरस्वती पाण्डे लगायतले नवगठित समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।