२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

सियारीमा बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामग्री नष्ट

बुधवार , आश्विन २४, २०८०

भैरहवा, २४ असोज । रुपन्देहीको सियारी गाँउपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । सियारी गाउँपालिका तथा गाउँपालिकाको कार्यालयले सियारी वडा नम्बर एकका पसलहरुमा अनुगमन गरेको हो ।

बजार अनुगमनलाई नियमितता दिएको सियारीले वडा नम्बर १ मा रहेका किराना पसल, मिनि मार्ट, मासु पसल, फेन्सी लगायतका पसलहरुमा अनुगमन गरेको हो ।

पालिकाले वडा नम्बर १ मा रहेका ५० बढी पसलमा अनुगमन गरेको थियो । वडा अध्यक्ष अरुण कुमार शाही, पालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद पौडेल, आर्थिक विकास शाखा प्रमुख गणेशप्रसाद खनाल, वाणिज्य कार्यालय रुपन्देहीका सूचना अधिकारी नारायण पन्थी, पालिकाका विभिन्न शाखाका प्रतिनिधि, कार्यपालिका सदस्य पदम मिजार लगायत स्थानीय प्रहरी, नगरप्रहरी लगायतको उपस्थितिमा अनुगमन गरिएको थियो ।

अनुगमन गरिएकामध्ये केही किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामाग्री जफत गरी नष्ट गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । अनुगमनका क्रममा विभिन्न ब्राण्डका मसलाका प्याकेट, काजु, मह, मच्छड धुप लगायतका म्याद गुज्रिएका सामान फेला पारी नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए ।

‘किराना पसलहरुमा अनुगमन गर्दा हामीले म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेका सबै सामग्रीलाई वडा कार्यालयमा ल्याएर नष्ट गरिएको छ, प्रमुख प्रशाशकिय अधिकृत पन्थीले भने, ‘म्याद गुज्रिएका सामानबारेमा सचेत समेत गराएका छौं ।’

अनुगमन गरिएकामध्ये अधिकांश पसल पालिकामा सूचीकृत नभएको पाइएको आर्थिक विकास शाखा प्रमुख गणेश प्रसाद खनालले जानकारी दिए । उनले पालिकामा सूचीकृत नभएका पसलहरुलाई १ महिनाभित्र पालिकामा आएर दर्ता हुन आग्रह गरिएको बताए ।