
बुधवार , आश्विन २४, २०८०
तिलोत्तमा, २४ असोज ।
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा रुपन्देहीको बुटवलमा दीप प्रज्वलन गरिएको छ । मंगलबार रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलस्थित पुष्पलाल पार्कमा दीप प्रज्वलन गरिएको हो ।
दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
कार्यक्रममा बोल्दै रोट्रयाक्ट क्लब अफ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष ऋषि पाण्डेले विद्यार्थीहरूले युद्ध रोकेर शान्ति स्थापना गर्न अपील गरे ।
‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थी युद्धको घेरामा परेकाले उनीहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउनसमेत क्लबका सदस्यहरुले माग गरेका छन् । प्यालेस्टाइनी कट्टरपन्थी समूहले शनिबार गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij