
मंगलवार , आश्विन २३, २०८०
भैरहवा, २३ असोज ।
नेपालीहरुको महान चाड दशैं, तिहार, छठपर्वको अवसर पारेर सामाजिक क्षेत्रमा क्रियाशिल लियो क्लब अफ सिद्धार्थनगर प्रोगेसिभले भैरहवामा चंगा चेट प्रतियोगिता–२०८० गर्ने भएको छ । घटस्थापनाको दिन असोज २८ गते आइतबार बिहान ९ बजेदेखि सिद्धार्थनगर नगरपालिका–३ स्थित दरखसवा पार्कमा उक्त प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष विवेक भण्डारीले बताए ।
संस्कृतिको संरक्षण गर्न प्रतियोगिताले टेवा पुग्ने भण्डारीले विश्वास गरे ।
गत वर्ष पनि क्लबले चंगा चेट प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा सन्देश के.सी. प्रथम र सतिश भुसाल द्वितीय भएका थिए।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ८ हजार र द्वितीय हुनेलाई रु. ४ हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक सुमित पौडेलले बताए ।
प्रतियोगितामा प्रवेश शुल्कवापत रु. ५ सय तोकिएको कार्यक्रम सह–संयोजक सुनिल खनालले जानकारी दिए ।
कार्यक्रमको प्रायोजक हिमालयन ब्रुअरी लिमिटेड, सह–प्रायोजक बि.के.ज्वेलर्स भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ तथा सहयोगीमा सिद्धार्थनगर नगरपालिका रहेको आयोजकले जनाएका छन् ।
त्यस्तै मिडिया पार्टनर खबरपात्रो मिडिया प्रा.लि. र गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक रहेका छन् । त्यसै गरी डिजाइन पार्टनरमा के डिजाइन र जी.बीटस् तथा क्यामेरा पार्टनर लाइफलाइन मेमोरी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij