२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

नेता सुनिल कौशल भन्छन्– एमाले परित्यागको निर्णय सच्याएको छु

सोमवार , आश्विन २२, २०८०

भैरहवा, २२ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोहिणी गाउँपालिका कमिटी, रुपन्देहीका अध्यक्ष सुनिल कौशलले आफू एमालेमै रहेको बताएका छन् । पार्टीभित्रको आन्तरिक समस्याका कारण एमाले पार्टी परित्यागको घोषणा गरेको भए पनि आफू साविककै पार्टी एमालेमा रहेको उनले बताएका हुन् । 

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता कौशलले नेपाली जनताको आड भरोसाको पार्टी नेकपा एमाले भएको उल्लेख गर्दै आफू विचलित भएर गरेको एमाले परित्यागको निर्णयलाई पुनः सच्याएको बताएका छन् । 

पार्टीको आवश्यकताका आधारमा आफूले विभिन्न तहको जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै कौशलले अबका दिनमा पनि सोहीबमोजिम भूमिका निर्वाह गर्ने उनले बताए । पार्टीलाई परेको संकटका बेला एउटा इमान्दार सिपाहीले जस्तै काम गरेकोमा जोड दिदै उनले आन्तरिक समस्या र चुनौतिलाई सामना गर्दै अघि बढने बताए ।

एमाले जनताको भाग्य र भविष्यको फैसला गर्ने पार्टी भएकाले आफू यही पार्टीमा इमान्दार भएर क्रियाशिल रहने विज्ञप्तिमा उल्लेख छ ।

387501249_1248708552473389_6990679476463863063_n.jpg

कौशलले आफूमा आएको विचलनलाई सच्याउँदै अघि बढने बताउँदै अन्यन्त्र रहेकाहरुलाई एमालेमा प्रवेश गरी देश र जनताको मुहार परिवर्तन गर्न लाग्न आग्रह गरेका छन् । उनले आफूसँगै पार्टी परित्याग गरेकाहरु सबैले आफ्नो निर्णय सच्याएर एमालेमै रहेको बताए ।