
आइतवार , आश्विन २१, २०८०
रूपन्देही, २१ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) लुम्बिनी प्रदेश समितिको अध्यक्षमा पुनः अशोक कुमार यादव चयन भएका छन् । दाङको लमहीमा सम्पन्न भेलाले यादवको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
समितिको उपाध्यक्षमा अब्दुल रसिद, राम अवतार यादव, चन्द्रा धामा हरिजन मुख्यसचिवमा राजन राना मगर, सचिवमा हिमानी थापा, नेत्र थापा, सन्दीप पाण्डेय र कोषाध्यक्षमा अम्बिका काफ्ले रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेशका इञ्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य केशव पौडेल, मनिकर कार्कीलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij