
आइतवार , आश्विन २१, २०८०
काठमाडौं, २१ असोज ।
नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई उद्वार गरेर स्वदेश ल्याउन सरकारसँग माग गरेको छ । आइतबार सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहेको जारी गरिएको विज्ञप्तिमा कांग्रेसले ‘नेपालीहरूको यकिन तथ्यांक पत्ता लगाई उनीहरूको जीवन रक्षा र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा पुर्याउनका साथै आवश्यक उद्वार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कूटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ’ उल्लेख गरिएको छ ।
इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ–संस्था, आप्रवास सम्बन्धी संगठन (आईओएम), अन्तर्राष्ट्रिय रेडक्रस समितिलगायत सम्बद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग पनि कांग्रेसले आग्रह गरेको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको छ । हमासको आक्रमणबाट इजरायलमा ठूलो जनधनको क्षति भएको विवरण सार्वजनिक भइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij