२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

फोहरमैलालाई स्रोतमा बदलौ : मुख्यमन्त्री चौधरी 

आइतवार , आश्विन २१, २०८०

दाङ, २१ असोज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्न्र बताए । यस्ले आर्थिक बिकास र समृद्धि आउने बताए  ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्नेछु, मुख्यमन्त्री चौधरीले भने, ‘त्यो अभियानमा सरकार लाग्छ ।’

उनले कानुनको मस्यौदा तयार गर्दा स्थानिय सरकार, प्रदेश सरकार र स्थानियसंग छलफल गरेर ल्याउनुपर्ने बताए । अहिले आएको मस्यौदा  केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिदिन आग्रह गरे ।

मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे।
उनले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नुपर्ने बताए ।

उनले भने, ‘सफा शहरको परिकल्पना त्यति बेला मात्र पुरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ ।’ अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए । त्यसरी राखियको फोहरमैलालाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले व्यवस्थापनमा काम गर्नुपर्ने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले फोहरमैला व्यवस्थापनको लागि कानुनी रुपमै समाधान खोज्नुपर्ने बताए ।