
आइतवार , आश्विन २१, २०८०
भैरहवा, २१ असोज ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरी जागरण अभियान सुरू गरेको बताएका छन । उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए । नेकपा (एकीकृत समाजवादी) ले सुरू गरेको मेची–महाकाली समाजवादी जागरण अभियान–२०८० अन्तर्गत आइतबार भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको बताएका हुन ।
उनले जनताको जीवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुत्ता लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरी कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसँग कुरा गर्ने बताए ।
जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरीबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए । उनले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताए । बेरोजगारी समस्या समाधान गरि सुसाशन, समृद्विका लागि समाजवादी जागरण अभियान सुरू गरिएको बताए ।
महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिकाविरूद्व लड्ने बताए । उनले अहिले धर्म र जातीका नाममा लडाएर बेरोजगारी र गरिबी उन्मूलनको मुद्वालाई छायामा पार्ने प्रत्यन गरेको भन्दै त्यसलाई अभियानले चिर्ने बताए ।
जनसभामा पार्टीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेची– महाकाली अभियान सुरू गरिएको बताए । कार्यक्रममा पार्टी रूपन्देहीका कार्यबाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा नेता शार्दुल मयूर कसौधनलगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij