२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

एमाले रोहिणी गाउँपालिका अध्यक्षसहित नेता कार्यकर्ता नेकपा एसमा प्रवेश

आइतवार , आश्विन २१, २०८०

रुपन्देही, २१ असोज । 
रुपन्देहीको रोहिणी गाउँपालिकाबाट नेकपा एमालेका अध्यक्षसहित जना नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

गाउँ कमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलीपमणि त्रिपाठी, वडा नम्बर ५ शाखा कमिटीका अध्यक्षहरु एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेको उक्त पार्टीले जनाएको छ ।

कौशलसहितका टीमलाई नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले आइतबार भैरहवामा टीका लगाएर स्वागत गरेका हुन् ।

कौशलको नेतृत्वमा सिंगो गाउँ कमिटी नै नेकपा एसमा समाहित भएको उक्त पार्टीले दावी गरेको छ । तर, रोहिणी गाउँपालिका वडा नम्बर ४ निवासी तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सञ्जय कुमार गुप्ताले गाउँ कमिटीमा ४९ जना रहेकोमा असन्तुष्ट अध्यक्ष, उपाध्यक्ष ४ नम्बर वडाध्यक्षसहित केही कार्यकर्ता मात्रै गएकोमा पूरै गाउँ कमिटी भनेर गलत प्रचार गरिएको बताए । केही समयअघि एमाले लुम्बिनी प्रदेश कमिटीको अधिवेशनमा भएको प्रतिनिधि छनौटमा उनीहरू असन्तुष्ट रहेको गुप्ताले बताए ।