२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा रक्तदान, ४० युनिट रगत संकलन

आइतवार , आश्विन २१, २०८०

भैरहवा, २१ असोज ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरले शनिबार भैरहवामा रक्तदान कार्यक्रम गरेको छ । संघले सिद्धार्थनगर नगरपालिका–५ स्थित बुद्ध बजारमा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा ४० युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रवीन आचार्यले बताए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आचार्यले जानकारी दिए । ‘राष्ट्रिय युवा संघ सिद्धार्थनगरले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ, सोहीअनुसार रक्तदान कार्यक्रम गरिएको हो, ’उनले भने ।

IMG_0631.JPG

कार्यक्रमको उद्घाटन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर इञ्चार्ज हरि प्रसाद अधिकारीले अब नयाँ तरिकाले काम गर्न नसके विभिन्न चुनौतिहरुको सामना गर्नुपर्ने बताए । उनले वार्षिक कार्ययोजना बनाएर अघि बढ्न राष्ट्रिय युवा संघ नेपाललगायत सम्पूर्ण भातृ संगठनहरुलाई आग्रह गरे । सिद्धार्थनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख समेत रहेका अधिकारीले भने, ‘भातृ संगठनहरु निर्वाचनको समयमा मात्र नभइ अन्य समयमा पनि सक्रियताका साथ अघि बढ्नुपर्छ ।’

राष्ट्रिय युवा संघ सिद्धार्थनगरका सचिव अमित शर्मा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश निवर्तमान सदस्य राजेन्द्र प्रसाद पन्थी, विश्वराज बराल (अनुप), लक्ष्मी कोइराला (भावना), रुपन्देही जिल्ला उपसचिव हितराज पन्थी, जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्ष अर्जुन कुमार गिरी, उपसचिव माया कंडेल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य उमेश थापा लाटोमगर,सिद्धार्थनगर-३ का निवर्तमान वडाअध्यक्ष थानेश्वर पौडेल, राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरी, संघका रुपन्देही जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठ, अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष सरोज ठकुरीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ सिद्धार्थनगरले संघका लुम्बिनी प्रदेश सदस्य तथा संघका निवर्तमान सिद्धार्थनगर अध्यक्ष कृष्ण मल्ल ठकुरीलाई सम्मान गरेको थियो । संघलाई थप उचाईमा पुर्याउन योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

IMG_0657.JPG

त्यस्तै सोही कार्यक्रममा पत्रकारिता क्षेत्रमार्फत राष्ट्रिय युवा संघ सिद्धार्थनगरले गरेको क्रियाकलापलाई नागरिक माझ पुर्याउन भूमिका निर्वाह गरेको भन्दै पत्रकारद्वय रबिन्द्र प्रताप गुप्ता र शशि पन्थीलाई सम्मान गरिएको थियो ।