
आइतवार , आश्विन २१, २०८०
बुटवल, २१ असोज ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाले स्थापनाको नवौं वार्षिक उत्सव विभिन्न रचनात्मक काम गरेर मनाएको छ । वि.सं. २०७१ सालमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको सरक्षंकत्वमा स्थापना भएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रमहरु गरेको हो । १० जना सदस्यबाट रुपन्देहीमा सुरुवात मञ्चमा जिल्लामा हाल ७६ जना सदस्यहरु आबद्ध भएका छन ।
तिलोत्तमा नगरपालिका कोटिहवास्थित टाइगर प्यालेस रिसोर्ट एक कार्यक्रमको आयोजना गरी मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल उधोग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले अबको आर्थिक क्रान्ति युवाहरुबाट मात्रै सम्भव भएको भन्दै सोहीअनुसारको काम गर्नको लागि आग्रह गरे । उनले देश विकराल अवस्थातर्फ गएकोले युवा एकता नै युवा आवश्यकता रहेको समेत बताए ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याटर अध्यक्ष सन्देश श्रेष्ठले युवा वर्गलाई उद्योग स्थापना गर्नको लागि मोटीबेशन तालिम र बिउ पूँजी, फाइनान्स लागि सधै पुलको काम गर्दै उद्यमशीलता विकास गर्ने बताए । आफ्नो कार्यकाल नमूना बनाउने भन्दै उनले यसको लागि सबैको सहयोग र साथ आवश्यक रहेको समेत धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सहारा जोशीले रुपन्देही शाखा स्थापना भएकै छोटो समयमै दुईपटक नेशनल अपार्डले सम्मानित भएको र निरन्तरता दिन सुझाव दिदै नवौं वर्षको शुभकामना दिएका थिए ।
कार्यक्रममा उद्यमशीलता यात्रा साझेदारी मुख्य वक्ता हुतानन्द खनाल, बुटवल उधोग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, सिद्धार्थ उद्योग वाणिज्य सघंका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, एनजिसि पष्ट भवाइस नेशनल पेसिडेन्ट कुसल सुन्दर श्रेष्ठ, सिएनएनआई उपाध्यक्ष बाबुराम बोहारा, नेपाल चेम्बर अफ कमर्श केन्दीय सदस्य टंक प्रसाद पोखरेल, नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख सुशिल कुमार नेपाल, सिटिजन्स बैंक इन्टरनेशनल लुम्बिनी प्रदेश प्रमुख प्रदिप श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझा, पूर्व अध्यक्षहरु सुमोद मान सैजु, सन्दिप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य निवर्तमान अध्यक्ष निरज लाकौल विगत ९ वर्षदेखि मञ्चले गर्दै आएको कार्यक्रमको विषयमा भिडियो डकुमेन्ट्रीमार्फत जानकारी गराएको थियो । सुमित श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij