२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

शनिवार , आश्विन २०, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएका छन् ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेका हुन् । कार्कीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको बैठकमा राजीनामा दिने घोषणा गरेपछि बैठक अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) लाई टेकेर कार्की मुख्यमन्त्री बन्नुभएको थियो । संविधानअनुसार ३० दिनभित्र विश्वासको मत दिनुपर्ने बाध्यता अनुसार शनिबार विश्वासको मत नआउने भएपछि उनले राजीनामा दिएका हुन् । बैठकमा राजीनामाको घोषणा गर्दै कार्कीले प्रदेशलाई मध्यावधीमा जान नदिन एमाले जस्तोसुकै त्याग गर्दै अघि बढ्न तयार रहेको बताए ।

त्यसअघि शनिबार नै बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो । कार्कीको राजीनामासंगै  संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुल्ला भएको छ ।