
शुक्रवार , आश्विन १९, २०८०
काठमाडौं, १९ असोज ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् ।
यसअघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका छन् ।
आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिष्पर्धामा गएपछि एउटाको जित र अर्कोको हार हुँदा हार्नेको मन दुख्ने बताए । मन नदुखाउनका लागि सर्वसम्मत नेतृत्व चयन नै उत्तम विकल्प रहेको उनको भनाइ छ ।
‘यहाँ प्रतिष्पर्धा जितेर पनि के–के न ठूलो कुरा पाइने होइन । सबैले जित्ने पनि होइन, एउटाले जित्छ, अर्कोले हार्छ । हारेपछि मन दुख्छ,’ उनले भने । सहमति कसैको मन नदुख्ने उनको भनाइ थियो ।
’मन नदुखाई अगाडि बढ्ने काम सबैभन्दा राम्रो हो नि त । किन मन दुखाउने ?,’ उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij