
शुक्रवार , आश्विन १९, २०८०
बुटवल, १९ असोज ।
लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ छ । बुटवलमा भएको प्रतियोगितामा १० वटा सामूदायिक विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगितामा नविन औद्योगीक कदरबहादुर सिता माविमा अध्ययनरत विद्यार्थी दिपशिखा खनाल प्रथम भएकी छिन् । त्यस्तै तिलोत्तमा माध्यमिक विद्यालयका सुनिल मस्याङ्गी द्वितीय भएका छन् । त्यस्तै कान्ती माध्यमिक विद्यालयका प्रीन्सी बगाले तृतीय भएकी छन् । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार र २ नगद सहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएका छन् ।
विजयी विद्यार्थीहरुलाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पीएनजेएफ बालाराम भट्टराई, क्लबका अध्यक्ष रिन्कु लिगल, सिनियर डिष्ट्रिक एडभाईजर आशिषकृष्ण श्रेष्ठले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे ।
प्रतियोगिताको मुख्य निर्णायकमा चित्रकार मना गोल्डी रहेका थिए । कार्यक्रममा डिष्टिक चीफ एम.एल. पाण्डे, क्लबका सचिव किरण कुमार केसी, कार्यक्रम संयोजक दुर्गा बहादुर आले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij