२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सांसदहरुको माग

शुक्रवार , आश्विन १९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं । सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनीहरुले महङ्गी र कालोबजारीलाई नियन्त्रणका साथै सहज रुपमा आवातजावत गर्ने गरि सडक पूर्वाधार र यातायातको उपलव्धताबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद रघुजी पन्तले बजारमा व्याप्त महङ्गी नियन्त्रणका लागि माग गरे ।

    सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महङ्गीको अनुगमन र मूल्याङक्न तदारुकता गर्न ध्यानाकर्षण गराए । उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराए ।

    सांसद माधव सापकोटाले सांस्कृतिक पर्वहरु नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गए । उनले बाढीपहिरोले  बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए ।

    त्यस्तै सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए ।