२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

कांग्रेस सरकारमा भएको हामीलाई महसुस छैन : पूर्व सांसद् यादव

शुक्रवार , आश्विन १९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १९ असोज ।
    नेपाली कांग्रेसका युवा नेता तथा पूर्व सांसद् प्रमोद कुमार यादवले कांग्रेस सरकारमा भए पनि आफूहरुलाई महसुस नभएको बताएका छन् । उनले कांग्रेस बरु ४ वर्ष विपक्षमा बसेर पार्टीका साथीहरुलाई एकढिक्का बनाउन सके २०८४ मा कांग्रेसको बहुमत आउन सक्ने बताए ।

    बिहीबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा भएको कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनमा बोल्दै नेता यादवले भने, ‘जति छिटो हुन्छ माओवादीबाट टाढा हुनुस् । कांग्रेस सरकारमा छ भन्न पनि लाज लागिरहेको छ । सिपाहीले पनि टेरेका छैनन’ ।

    उनले कांग्रेस नेता डा. शेखर कोइरालालाई साथ दिन नेता–कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।