२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

सांसद् सुनिल शर्माको प्रश्न : यो सरकार बनिसकेपछि कुनै राम्रा काम भए ?

शुक्रवार , आश्विन १९, २०८०

भैरहवा, १९ असोज । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता सुनिल शर्माले प्रचण्ड नेतृत्वको सरकारमा जनताको पक्षमा काम गर्न नसके कांग्रेस एक मिनेट पनि सरकारमा बस्न नहुने बताएका छन् ।
बिहीबार मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा भएको कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनमा बोल्दै सांसद् शर्माले यो सरकारमा हामी भएको कुरा हामीलाई महसुस छ भन्दै प्रश्न गरे ।

उनले भने, ‘एउटा किसान, मजदूर, किसान, डाक्टर, नर्सको पक्षमा भए ? यो सरकार बनिसकेपछि कुनै राम्रा कामहरु भए, मलाई लाग्दैन भए, मलाई थाहा छैन ?

सरकार बनेको ९ महिना भइसक्दा किसानले गाई, गोरु, भैसी, बाख्रा किन्नका लागि बैंकको लिएको ऋणको ब्याज १ प्रतिशत पनि घट्न नसकेको उनको भनाइ छ ।

२०८२ भित्र डा. शेखर कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस निर्माण कांग्रेस र २०८४ मा डा. कोइरालाको नेतृत्वमा बहुमतसहितको सरकार बनाउने र नेपाली जनताको पक्षमा काम गर्ने दावी गरे ।