२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न सकेन : प्रदीप पौडेल

बिहिवार , आश्विन १८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चर्काे रुपमा वृद्धि भइरहेको मूल्यवृद्धि सरकारले नियन्त्रण गर्न नसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले १४ प्रतिशतले मूल्यवृद्धि भइसक्दा पनि सरकारले नियन्त्रणका लागि उपस्थिति नदेखिएको बताए । 

    आर्थिक मन्दीका कारण ३५ प्रतिशत सटर बन्द भएको तथ्यांक सार्वजनिक भएको जानकारी दिँदै उनले भने,  ‘यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइनले चामलको बोरालाई अहिले तीन हजार पर्छ। दाल, चिनीलगायत तरकारीको मूल्य आकासिएको छ। सरकारले मूल्यवृद्धि ७ प्रतिशतमा राख्ने घोषणा गरे पनि आर्थिक वर्ष सुरु भएयता १४ प्रतिशतले मूल्यवृद्धि भइसकेको छ ।’ 

    सबै वस्तुमा मूल्यवृद्धि भएको र यसलाई नियन्त्रण गर्न नसक्दा सरकारप्रतिको भरोसा बढ्न नसकेको भन्दै उनले भने, ‘सबै चिजको मूल्य बढे पनि सरकारप्रतिको भरोसा बढ्न नसकेको स्थिति हो।’