
बिहिवार , आश्विन १८, २०८०
तिलोत्तमा, १८ असोज ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका, मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा रक्तदान एवं मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार (आज) रोट्रयाक्ट क्लब अफ राममणि क्याम्पस तथा लायन्स क्लब अफ तिलोत्तमाको संयुक्त आयोजना र विद्यार्थी परामर्श समिति राममणि बहुमुखी क्याम्पसको संयोजनमा कार्यक्रम भएको हो ।
रोट्रयाक्ट क्लब अफ राममणिका अध्यक्ष मदन न्यौपाने र लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष खेमराज ढकालको अध्यक्षता तथा लायन्स इण्टरनेशनल ३२५ का डिष्ट्रिक्ट गभर्नर अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
सो कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार धिताल, क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, रोट्रयाक्ट वर्ष २०२४/२५ का डी.आर.आर. विक्रम क्षेत्री, विद्यार्थी परामर्श समितिका संयोजक भिमलाल घिमिरे लगायतले बोलेका थिए ।
रोट्रयाक्ट क्लब अफ राममणिका सचिव साक्षी तिवारीको सञ्चालनमा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ३६ जनाको मधुमेह परीक्षण गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij