images

बुधवार, बैशाख १९ गते २०८१

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिष्पर्धामा 

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिष्पर्धामा 

images
images
images
बिहिवार, आश्विन १८ २०८०
बिहिवार, आश्विन १८ २०८०
  • आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, १० राष्ट्र प्रतिष्पर्धामा 

    काठमाडौं, १८ असोज । विश्वकप क्रिकेटको आज उदघाटन खेल हुँदैछ । आईसीसी एकदिवसीय विश्वकपको १३ औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो ।

    images
    images
    images

    आजदेखि सुरु हुने क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्यूजील्याण्डका बीचमा प्रतिष्पर्धा हुँदैछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्यूजील्याण्ड उपविजेता टोली हो।

    सो प्रतियोगिताको पहिलो उद्घाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उदघाटन खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।

    यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहनेछ । जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्यूजीयान्ड, अष्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन् । नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij